यामाहाले आफ्नो नयाँ स्कुटर सार्वजनिक गरेको छ। १२५ सिसिको आफ्नो लोकप्रिय मोडल एक्स–म्याक्सको नयाँ संस्करण कम्पनीले युरोपियन बजारमा सार्वजनिक गरेको हो।
यो ठूलो आकारको (म्याक्सी) स्कुटर हो जुन भारतमा चलेकै छैन भन्दा पनि हुन्छ। नेपालमा अधिकांश मोडल भारतबाटै आउने हुनाले हामी कहाँ पनि यी मोडल आएका छैनन्।
यामाहा एक्स म्याक्समा सिंगल सिलीण्डर, लिक्वीड कूल्ड इन्जिन छ जसले अधिक १४ बिएचपी शक्ति र १२ एनएम टर्क उत्सर्जन गर्छ।
१५ इन्चको चक्का भएको यो स्कुटरमा एन्टि ब्रेकिङ सिस्टम (एबिएस)छ। एलसिडि डिस्प्ले स्क्रिन र डुअल एलइडि हेडलाइट र टेललाइट भएको यो स्कुटर चार रङमा उपलब्ध छ।