सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन तथा परीक्षा लिने काम अब २२ गतेपछि मात्रै हुने भएको छ।
यातायात व्यवस्था विभागका अनुसार लाइसेन्सको आवेदन लिने, लिखित तथा प्रयोगात्मक परीक्षा लिने काम दसैँका कारण स्थगित गरिएको छ।
विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार सार्वजनिक सवारी साधनको अनुगमन गर्नुपर्ने र ट्राफिक प्रहरी पनि सडकमा खटिनुपर्ने भएकाले असोज २२ गतेदेखि मात्रै लाइसेन्सको काम गर्नेगरी स्थगित गरिएको हो।
यद्यपी लाइसेन्सको नवीकरणका लागि कार्यालय खुल्ने दिन भने काम नरोकिने उनले बताए।