फक्सवागनले नयाँ सेडान कार सार्वजनिक गरेको छ।
सेडान अन्तर्गत प्यासट कार उसले बजारमा ल्याएको छ।
यस कारको मुल्य ६० लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ। प्रिमियम लग्जरी सेडान जर्मनको अटो निर्माता कम्पनीले भारतकै औरंगावाद प्लान्टमा तयार गरेको हो । यसको डिजाइन आर्कषक छ भने ९ वटा एयरब्याग राखिएको छ।
यो कारमा यात्रा गर्दा सुरक्षित रहन सकिने कम्पनीको दाबी छ। डिजल इन्जिन जडान गरिएको यस गाडीमा ६ स्पीड अटोमेटिक गेयर बक्स छ। यस कारले टोयोटाको क्यामरी, होन्डाको एकर्ड र स्कोडाको सुपर्भसँग प्रतिष्प्रर्धा गर्ने कम्पनीको दाबी