ग्याब्रिएल इन्डियाका टायर अब आधिकारिक रुपमा नेपालबाट बिक्री हुने भएको छ। टायरका लागि सत्यदिप इन्टरनेसनल र शिवम इन्टरनेसनललाई ग्याब्रिएलको आधिकारिक वितरक तोकिएको कम्पनीले जनाएको छ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी ग्याब्रिएल इन्डियाका एक्सपोर्ट हेड अनिल शर्मा, जोनल म्यानेजर (इस्ट) नवेद बेग चुग्दाई र नेपालका लागि इन्चार्ज आरके सिंहले संयुक्त रुपमा नेपालमा टायरको बिक्री थालिएको घोषणा गरे।
सो अवसरमा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमाल तथा शिवम इन्टरनेसनलका सञ्चालक मनोज कोचरको समेत उपस्थिति थियो। कार्यक्रममा काठमाडौं उपत्यकामा पार्टस व्यवसायमा संलग्न व्यवसायीहरुको सहभागिता थियो।
ग्याब्रिएल इन्डियाले दुई पांग्रे र तीन पांग्रे सवारीका लागि टायर उपलब्ध गराउँदै आएको छ । छोटो समयमै यो टायरको भारतमा उच्च माग भएकाले नेपालमा समेत बिक्रीका लागि उपलब्ध गराएको कम्पनीको भनाइ छ।
उसले टु ह्विलर, थ्री ह्लिर, प्यासेन्जर कार र कमर्सियल गाडीहरुको ‘सक एब्जर्बर’ पनि उत्पादन पनि गर्दै आएको छ । ‘सक एब्जर्बर’को पनि नेपालमा बिक्री सुरु भएको छ।
आनन्द ग्रुप अन्तर्गतको ग्याब्रिएल इन्डिया सन् १९६१ मा स्थापना भएको थियो । हाल कम्पनीले सक एब्जर्बर, स्ट्रट र फ्रन्ट फोर्क गरी अटोमोटिभ सेगमेन्टका ३ सय भन्दा बढी मोडलका उत्पादन उपलब्ध गराउँदै आएको छ।