नेपाल स्टक एक्स्चेन्जले असोज महिनाभर सेयर बजारमा चम्केका उत्कृष्ट १० कम्पनीहरु सार्वजनिक गरेको छ। कारोबार रकम, कारोबार संख्या र कारोबार सेयर संख्याका आधारमा उत्कृष्ट १० कम्पनीहरु नेप्सेले सार्वजनिक गरेको हो।
जसअनुसार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ। सो कम्पनीको २९ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको २५ करोड ५५ लाखको र तेस्रोमा रहेको नेपाल लाइफकै साधारणतर्फको सेयरको २४ करोड रुपैयाँको कारोबार भयो।
चिलिमे जलविद्युत कम्पनी, डिप्रोक्स डेभलपमेन्ट बैंक, बैंक अफ काठमाण्डु, स्टान्डर्ड चार्टड बैंक, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट, एभरेष्ट र सानिमा बैंक कारोबार रकमका आधारमा उत्कृष्ट १० भित्र पर्न सफल भए।
धेरै सेयर कारोबार हुनेमा भने जनता बैंक अग्रस्थानमा रहेको छ। सो कम्पनीको ४ लाख ३४ हजार कित्ता सेयर किनबेच भयो। त्यस्तै दोस्रोमा रहेको बैंक अफ काठमाण्डुको ४ लाख २२ हजार, तेस्रोमा रहेको नेपाल बैंकको ४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
सानिमा, कुमारी, नेपाल इन्भेष्टमेन्ट बैंक, नेसनल हाइड्रोपावर, प्राइम कमर्सियल, चिलिमे हाइड्रो र नेपाल बंगलादेश बैंक कारोबार सेयर संख्याका आधारमा उत्कृष्ट १० भित्र पर्न सफल भए।
कारोबार संख्याका आधारमा भने नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको असोजभर ३ हजार ७७६ पटक सेयर किनबेच भयो। नेपाल लाइफ इन्स्योरेन्सको २ हजार ५७७ र हिमालयन हाइड्रो पावरको २ हजार ४१४ पटक सेयर किनबेच भएको छ। कारोबार धेरै पटक हुने अन्य १० कम्पनीमा क्रमशः सानिमा बैंक, चिलिमे हाइड्रो, स्टान्डर्ड चार्टड, प्राइम कमर्सियल, जनता, एभरेष्ट र नेपाल बंगलादेश बैंक रहे।