धितोपत्रको हकप्रद निष्काशनमा लगानीकर्ताले अब आस्बा प्रणालीबाटै आवेदन दिन पाउने भएका छन्। हकप्रद सेयर प्रक्रियालाई सहज बनाउन धितोपत्र बोर्डले आस्बा प्रणालीमार्फत नै आवेदन लिन सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको छ।
नेप्से, सिडिएससी, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर तथा आस्बा सदस्यहरुलाई बैंकले हकप्रदमा आस्बा प्रणाली लागू गर्न भनेको हो। त्यस्तै बोर्डले बिक्री नभएको हकप्रद सेयरको लिलामी प्रक्रियामा उपत्यका बाहिरका प्रमुख शहरहरुमा केन्द्र खडा गरी आवेदन लिने व्यवस्था गर्न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको छ।
यस्ता केन्द्रहरु कम्तीमा बुटवल, विराटनगर, बिरगंज, पोखरा, नेपालगञ्ज, सुर्खेत तथा धनगढी हुनुपर्ने बोर्डले जनाएको छ।
यो व्यवस्थाबाट धितोपत्रको हकप्रद निष्काशन सबैलाई सहज हुने तथा लिलामी प्रक्रियाबाट उपत्यकाबाहिरका लगानीकर्ताले पनि लाभ लिने बोर्डको विश्वास छ।
यो पनि हेर्नुहोस्लिलामी सेयरमा उपत्यका बाहिरका लगानीकर्ता कहिलेसम्म वञ्चित ?