सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ विकास बैंक लिमिटेड बीच नेपालभरका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैंकाइन्सुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।
सम्झौता अनुसार तिनाउ विकास बैंक लिमिटेडको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा सूर्या लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र तिनाउ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले संयूक्त रुपमा हस्ताक्षर गरेका छन्।