मुक्तिनाथ विकास बैंकले कुल १ लाख ६२ हजार ८०३ कित्ता सेयर लिलामी बिक्री गर्ने भएको छ। बैंकको लिलामी सेयरमा आगामी २३ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिनेछ।
लिलामी सेयरमा २७ हजार ७६५ दशमलव ५१ कित्ता संस्थापकतर्फको र १ लाख ३५ हजार ३७ दशमलव ५३ कित्ता सर्वसाधारणतर्फको रहेको छ।
बिक्री प्रवन्धक एनआइबिएल क्यापिटलले सेयर लिलामीका लागि उपत्यकाबाहिर पनि संकलन केन्द्रहरु राख्ने भएको छ। क्यापिटलको कार्यालयका अलवा उपत्यकाभित्र मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादीबाट आवेदन दिन सकिनेछ। त्यस्तै उपत्यकाबाहिर बैंकको शाखा कार्यालय पोखरा पृथ्वीचोक, विरगञ्ज तथा बुटवलबाट आवेदन दिन सकिनेछ। \
यसअघि हालै मात्रै नेपाल धितोपत्र बोर्डले उपत्यकाबाहिरबाट पनि लिलामी सेयरमा आवेदन लिन निर्देशन दिएसँगै बैंकले सो प्रक्रियाको थालनी गर्ने भएको हो।
त्यस्तै इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु बिराटनगर, नेपालगन्ज, सुर्खेत र धनगढीबाट आवेदन लिइने क्यापिटलले जनाएको छ। कम्पनीको साधारण सेयरको मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता ६०९ रुपैयाँ छ।
इच्छुक आवेदकले एनआइबिएल क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नं. ०१२४५२४६१६४०९०१५ मा रकम जम्मा गरी सोको प्रतिलिपी भौचर तथा फारम गोप्य शिलवन्दी गरी बुझाउनुपर्नेछ।