नेपाल ग्रामीण विकास बैंकको एफपिओ सेयर बजारमा सूचीकृत भएको छ। बैंकले यसअघि अंकित मूल्यमै जारी गरेको ९ लाख ७५ हजार कित्ता सेयर बजारमा सूचीकृत भएको हो।
बजारमा सूचीकृत भएसँगै कम्पनीले सेयर डिम्याट खातामा जम्मा गर्ने प्रक्रिया थाल्नेछ। कम्पनीको सेयर मूल्य बजारमा प्रतिकित्ता ७ सय रुपैयाँको हाराहारीमा छ।
यसैबीच शिखर इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २९ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको अघिल्लो दिन बसेको संचालक समितिको बैठकले २९ प्रतिशत बोनसका साथै सोका लागि आवश्यक कर रकम लाभांशस्वरुप प्रदान गर्ने निर्णय गरेको हो।
सो लाभांश वितरण पश्चात कम्पनीले बिमा समितिले तोकेको १ अर्ब चुक्ता पुँजी सहजै पुर्याउने छ। लाभांशपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड पुग्नेछ। समितिको निर्देशनअनुसार आगामी असार मसान्तसम्म सबै निर्जीवन बिमा कम्पनीले १ अर्ब चुक्ता पुँजीको प्रक्रिया पुरा गर्नुपर्दछ।