नेप्से परिसूचक बुधबार ७ अंकले घटेको छ। यो गिरावटपछि १५२६ अंक कायम भएको छ। १५९ कम्पनीको ४२ करोड २६ लाखको सेयर खरिदबिक्री भएको छ।
उत्पादन र अन्य बाहेक सबै उपसूचक यस दिन घटे। उत्पादन २३ र अन्य उपसूचक ०. ५ अंकले बढेका छन्। बैंकिङ ६, होटल ९, विकास बेंक १३, जलविद्युत ६, फाइनान्स ३, बिमा ४९ र माइक्रोफाइनान्स १२ अंकले घटेका छन्।
कारोबारका आधारमा राष्ट्रिय बिमा कम्पनी संस्थापक सेयर अग्रस्थानमा रह्यो। उसको ३ करोड १० लाखको कारोबार भयो। जनता बैंक, नेपाल बंगलादेश बैंक, राष्ट्रिय बिमा कम्पनी (साधारण), मुक्तिनाथ विकास बैंक (संस्थापक), स्टान्डर्ड चार्टड र प्रभु बैंकको १–१ करोड बढीको सेयर कारोबार भयो।
नाफाका आधारमा मल्टीपर्पोज फाइनान्सका लगानीकर्ता अग्रस्थानमा रहे। उनीहरुको ९. ८ प्रतिशत सेयर मूल्य कमाए। जलविद्युत लगानी तथा विकास कम्पनी तथा सुर्योदय लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत नाफा कमाए।
भार्गव विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशत मूल्य चुकाए।
यसैबीच हिमालयन बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको संचालक समितिको बैठकले सो बोनसका लागि साधारणसभामा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ। साथै बोनस सेयरका लागि आवश्यक कर रकम समेत बैंकले छुट्याएको छ।