हिमालय बैंकले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ।
बैंकको संचालक समितिको बैंठकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई बोनस शेयर २५% तथा १ दशमलव ३१५८% नगद लाभांश (कर प्रयोजनका लागि) प्रदान गर्ने प्रस्ताव गरेको हो ।
आगामी पच्चिसौं वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि प्रस्ताव पेश गरिने बैंकका जनसम्र्पक अधिकृत शितल कोइरालाले जानकारी दिइन ।