नबिल बैंकले नेपालमा नबिल भाईबर बैकिङ्ग सेवाको शुरुवात गरेको छ । नबिल भाईबर बैंकिङ्ग भाईबर प्लेटफर्म मार्फत उपलब्ध गराईएको एक सेवा हो ।
नबिल भाईबर बैंकिङ्ग सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो खाताको मौज्दात जाँच गर्न, खाताको छोटो कारोबारको विवरण लगायत अन्य विवरणको साथै विनिमय दर ब्याजदर आदि विभिन्न जानकारी लिन सक्ने बैंकले जनाएको छ।
ग्राहकहरुले नबिलभाईबर बैकिङ्गद्वारा बैंकबाट प्रेषित गरिएका सूचनाहरु, बैंकका शाखा तथा एटिएमका बारे जानकारी, बैंकिङ्ग समय बारेको जानकारी, बैंकका सेवा तथा प्रबर्धन सम्बन्धि जानकारी आदी प्राप्त गर्न सक्नेछन् । यस सेवाका लागि बैंकका ग्राहकहरु स्वयंले भाईबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खाता नबिल बैंकमा
दर्ता हुनु पर्नेछ ।
“डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्दै यस नबिल भाईबर बैकिङ्ग सेवाले बैकिङ्ग सेवाहरुलाई प्रोत्साहन गर्दै नयाँ उचाईमा पुर्याउन कोशेढुंगा साबित हुनेछ ” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भने ।
नबिल बैंकले आर्थिक बर्ष २०७३- ७४ मा बैंकिङ उद्योगमै र३ अरब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी रु.५८.४१ का साथ आफ्नो वासलात विस्तार गर्दै रु. १ खरब ४० अरब पुर् याएको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांश वितरण गरेको छ । साथै यस आर्थिक वर्ष २०७४-७५ को पहिलो त्रैमासमा खुद मुनाफा र ८५.१० करोड आर्जन गर्न पनि सफल भएको छ ।