हिमालयन बैंकको नाफा खस्किएको छ। चालु आवको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिमा भन्दा करिब २ करोडले नाफा घटेको हो।
बैंकले साउन, भदौ र असोज महिनामा ४१ करोड खुद नाफा कमाएको छ। जवकि गत वर्षको तीनै महिनामा यस्तो नाफा ४३ करोड ८४ लाख रुपैयाँ थियो।
बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २७ पैसा छ। चुक्ता पुँजी ५ अर्ब ६८ करोड छ। बैंकले गत आवको नाफाबाट २५ प्रतिशत बोनस दिने निर्णय गरिसकेको छ। सो बोनसको गणनापछि उसको चुक्ता पुँजी ८ अर्ब ११ करोड पुग्दछ।
बैंकको मूल्य आम्दानी अनुपात ३५ छ। अर्थात प्रतिफलका लागि सेयर अन्यको तुलनामा महँगो देखिन्छ। बैंकको निश्क्रिय कर्जा पनि १. १७ प्रतिशतबाट बढेर १.२४ पुगेको छ।
सिडी रेसियो ७७.७४ छ। बैंकको जगेडा कोषको आकार भने ५ अर्ब ६८ करोडको छ। बैंकको बजारमा सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँको हाराहारीमा छ।
प्राइम कमर्सियल बैंकको बढ्योप्राइम कमर्सियल बैंकको नाफा भने बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २५ करोड १० लाख खुद नाफा कमाएको यो पटक ३४ करोड १७ लाख पुर्याएको छ। प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६१ पैसा छ। चुक्ता पुँजी ६ अर्ब ३२ करोड पुगेको छ।
बैंकको निश्क्रिय कर्जा १. ३२ बाट बढेर १. ३७ प्रतिशत पुगेको छ। सिडी रेसियो ७५ छ। मूल्य आम्दानी अनुपात २० रहेकाले बैंकको सेयरमा प्रतिफल सन्तोषजनक मान्न सकिन्छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४१ रुपैयाँको हाराहारीमा छ।