मेगा बैंकको प्रतिसेयर आम्दानीमा उच्च गिरावट आएको छ। गत आवको पहिलो त्रैमासको तुलनामा यस आवको सोही अवधिमा ३ गुणाले प्रतिसेयर आम्दानी घटेको छ। गत वर्ष प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेकोमा यो पटक ६ रुपैयाँ ८८ पैसामा झरेको छ।
चुक्ता पुँजी बढे पनि बैंकको खुद नाफा घट्दा प्रतिसेयर आम्दानीमा उच्च गिरावट देखिएको हो। बैंकको खुद नाफा ८ करोड ११ लाखमा खुम्चिएको छ। जवकि गत वर्ष १४ करोड ६९ लाख थियो।
यही बीचमा चुक्ता पुँजी भने ३ अर्ब २४ करोडबाट ४ अर्ब ५८ करोड पुगेको हो। चुक्ता पुँजीमा हालै खुलाइएको ६५ प्रतिशत हकप्रदको गणना गरिएको छैन। सो हकप्रदको पनि गणना गर्दा प्रतिसेयर आम्दानीमा अझ गिरावट आउने छ।
हकप्रदपछि चुक्ता पुँजी ७ अर्ब ५६ करोड पुग्नेछ। टुरिजम डेभलपमेन्ट बैंकसँग कम्पनीको मर्ज प्रक्रिया चलिरहेको छ। बैंकको जगेडा कोष १ अर्ब ३६ करोडको छ।
कम्पनीको निश्क्रिय कर्जा पनि बढेको छ। गत वर्ष १. ०८ प्रतिशत रहेकोमा अहिले १.६७ पुगेको छ। प्रतिसेयर आम्दानी घटेपछि कम्पनीको मूल्य आम्दानी अनुपात ६६ पुगेको छ। प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ छ। सिडी रेसियो ७८ छ।