सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद निश्कासनका लागि बिक्री प्रवन्धकको जिम्मा एनआइसी एसिया क्यापिटललाई दिएको छ।
कम्पनीले १ बराबर ० दशमलव ४ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद जारी गर्दैछ। बिक्री प्रवन्धकको रुपमा काम गर्ने गरी एनआइसी एसिया क्यापिटल र सुर्या लाइफबीच सम्झौता भएको छ।
सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्याका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथपाण्डले हस्ताक्षर गरे।
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। क्यापिटलले निःशूल्क डिम्याट खाता खोलिदिने गरेको छ।