यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीको हरिवन शाखा संचालनमा ल्याएको छ।
शाखा कार्यालयको कम्पनीका नायब महाप्रबन्धक कोषराज सुबेदीले उद्घाटन गरे। सो अवसरमा सुवेदीले कम्पनीको शाखाबाट बीमित, अभिकर्ता सबै पक्षहरु लाभान्वित हुने बताए।
कम्पनी रजिष्ट्रारको कार्यालयमा वैशाख २४ गते दर्ता भई बीमा समितिबाट असार २० गते इजाजत पाएको युनियनले २ अर्ब १५ करोड चुक्ता पुँजी कायम गर्नेछ। कम्पनीको नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको छ।
प्रारम्भिक चरणमा कम्पनीले बीमा समितिबाट ३७ वटा शाखाहरु कार्यालय संचालकनको स्वीकृती प्राप्त गरेको छ। आगामी दिनमा क्रमिक रुपमा शाखाहरुको संख्या बढाउदै लगिने सुवेदीले बताए।
हाल संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण हुन्।
यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, न्यौपाने ग्रुप, गाडिया ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर रहेका छन्।
हाल कम्पनीका सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक जीवन बीमा, बाल सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार जीवन बीमा योजनाहरु रहेका छन्। निकट भविष्यमा कम्पनीले प्रभावकारी बीमा योजनाहरु ल्याउने तयारीमा छ।