सिटिजन्स बैंक इन्टरनेसनलले झापाको हल्दीबारीमा ६५ औं शाखा संचालनमा ल्याएको छ। सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले औपचारिक रुपमा बैंकिङ्ग कारोवारको सुरुवात गरे।
सो अवसरमा देवकोटाले ‘सबै स्थानीय तहमा बैंक’ पुर्याउने उद्देश्यले सिटिजन्सले आफ्नो शाखा विस्तारलाई तिव्रता दिएको बताए। चाँडै नै महोत्तरीको औरही र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना बैंकले अगाडि सारेको नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरलले जानकारी दिए।
बैंकका ६२ वटा एटिएम काउन्टर र ९७ शाखारहित आधुनिक बैंकिङ सेवा संचालनमा छ। करिव ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।
उक्त अवसरमा बैंकले लक्ष्मी माध्यमिक विद्यालय र शान्ति प्राथामिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ।