सिभिल बैंकले तीन महिनामा आफ्नो नाफा बढाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोजमा उसको खुद नाफा ११ करोड ३३ लाख छ। जवकि गत वर्षको यसै अवधिमा यो नाफा १ करोड ४५ लाख मात्रै थियो।
बैंकले नाफामा ठूलै छलाङ देखाएपनि यसमा राइट ब्याकको हिस्सा उच्च अर्थात ३१ करोड छ। बैंकको व्याजवापतको आम्दानी भने ६ करोडले बढेर २८ करोड ६२ लाख पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा छ। चुक्ता पुँजीका लागि बैंक अझै प्रयासरत छ। ५ अर्ब १८ करोड चुक्ता पुँजी रहेको बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने लक्ष्य लिएको छ। जगेडा कोषको आकार १ अर्ब ७५ करोडको छ। निश्क्रिय कर्जा ४ दशमलव ६९ प्रतिशत छ। बजारमा सेयर मूल्य प्रतिकित्ता २३० रुपैयाँको हाराहारीमा छ।
नेपाल बंगलादेश बैंकको घट्योनेपाल बंगलादेश बैंकको नाफा भने घटेको छ। चालु आवको पहिलो तीन महिनामा उसले १५ करोड ४० लाख खुद नाफा कमाएको छ। गत वर्ष यसै अवधिमा यो नाफा २२ करोड ५० लाख थियो।
नाफाका लागि राइट ब्याकको योगदान १० करोडको छ। बैंकले ८ अर्ब ८ करोड चुक्ता पुँजी पुर्याएको छ। चुक्ता पुँजी गत वर्षभन्दा दोब्बर हो।
चुक्ता पुँजी बढ्दा नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि खस्किएको छ। वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ छ। २ अर्ब ५० करोडको जगेडा कोष छ। बजारमा सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँको हाराहारीमा छ।