कृषि विकास बैंकको नाफा खस्किएको छ। यस आवको पहिलो त्रैमासमा ६ करोड नाफा घटेको छ। बैंकले साउन, भदौ र असोज महिनामा ३६ करोड ३९ लाख नाफा कमाएको छ जवकि गत वर्षको यसै अवधिमा ४२ करोड २३ लाख कमाएको थियो।
बैंकको व्याजवापत खर्च बढ्दा नाफामा असर परेको छ। सरकारको अग्राधिकार सेयर रहेको बैंकको नाफा खस्किँदा प्रतिसेयर आम्दानी पनि घटेको छ। बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा हुन आएको छ।
जवकि गत वर्ष २६ रुपैयाँ ३७ पैसा थियो। प्रतिसेयर आम्दानी सरकारलाई अग्राधिकार सेयरवापत दिइने ६ प्रतिशत नगद लाभांश छुट्याइएपछिको हो। अग्राधिकार सेयरवापत ६ प्रतिशत लाभांश सरकारले लिँदै आएको छ।
बैंकको निश्क्रिय कर्जा ३. ५४ प्रतिशत छ। जगेडा कोष ७ अर्ब ८ करोड रुपैयाँको छ। अग्राधिकारबाहेक बैंकको चुक्ता पुँजी ७ अर्ब ८ करोड छ। बैंकले यो पुँजी ८ अर्ब पुर्याउनका लागि २० प्रतिशत बोनस दिने लक्ष्य लिएको छ।