माछापुच्छ्रे बैंकले दाङस्थित गढवा गाउँपालिका कालाकाँटे र लमही नगरपालिका सतबरीयामा दुई शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ।
बैंकले यूके एड सक्षमसँगको सहकार्यमा ति स्थानहरुमा शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको हो। यीसहित हालसम्म ६ शाखारहित बैकिङ्ग सेवा पुगेको बैंकले जनाएको छ। ति शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी हुनुका साथै कर्जा आवेदन गर्ने व्यवस्था रहेको छ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त अर्थात रियल टाइममा खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्डको पनि सुरुआत गरेको छ।
यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ।