अघिकांश बैंकहरुको नाफा घटिरहँदा माछापुच्छ्रेले भने बढाएको छ।
आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा बैंकले २८ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा गत वर्षको यसैअवधिको तुलनामा ४ करोड बढी हो। खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि बैंकको नाफा बढ्न पुगेको हो। पुँजी बृद्धि गर्नुपर्ने बाध्यताले गर्दा बैंकको प्रतिसेयर आम्दानी भने बढ्न सकेको छैन। बैंकले चुक्तापुँजी ४ अर्ब ६६ करोडबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याएको छ । उसको जगेडा कोषमा एक अर्ब २२ करोड रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैयाँ ३५ पैसा छ। गत वर्ष यो २१ रुपैयाँ १७ पैसा थियो। बैंकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरिसकेको छ। ९ प्रतिशत बोनस तथा ६ प्रतिशत नगद लाभांश बैंकले दिनेछ।
बैंकको निश्क्रिय कर्जा पनि घटेको छ। यस्तो कर्जा ०. ४९ प्रतिशत छ। गतबर्ष ०. ५४ प्रतिशत थियो। बैंकको बजारमा सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँको हाराहारीमा छ।