प्रभु इन्स्योरेन्सले लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ।
तीनकुनेस्थित कार्यालयमा बसेको साधारणसभा बैठकले सो बोनसपश्चात हुन आउने पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ। बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख पुग्नेछ।
सभाले गत आर्थिक वर्षको प्रतिवेदन पारित गरेको छ। सो अवसरमा कम्पनीका अध्यक्ष कुसुम लामाले निकट भविष्यमै पहाडी तथा तराई क्षेत्रमा थप शाखा विस्तार गरिने बताइन्। हाल मुलुकभर कम्पनीका केन्द्रिय कार्यालय सहित २३ शाखा तथा उप–शाखाहरु संचालनमा छन्।
इन्स्योरेन्सले आर्थिक वर्षमा खुद मुनाफा १६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो । सो अवधिमा ८३ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा २५ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलब ६५ प्रतिशत बढी हो।