साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक करिब ६ अंकले घटेको छ। ५ दशमलव ८ अंकको गिरावटपछि बजार १४६० अंकमा अडेको छ।
१५४ कम्पनीको ४६ करोड ८२ लाखको कारोबार भएको छ। जलविद्युत र माइक्रोफाइनान्स उपसूचक बढेका छन् भने अरु घटेका छन्। जलविद्युत ६ तथा माइक्रोफाइनान्स १ अंकले बढे।
बैंकिङ ६, व्यापार १, होटल ९, विकास बैंक ११, फाइनान्स ७, बिमा २४, उत्पादन ३ र अन्य समूह १ अंकले घटेका छन्। कारोबारका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो।
कम्पनीको ३ करोड २० लाखको कारोबार भएको छ। मूल्य प्रतिकित्ता ११०५ कायम भएको छ। दोस्रोमा रहेको स्टान्डर्ड चार्टड बैंकको २ करोड ५७ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता १९८५ कायम भएको छ। नागबेली लघुवित्त, नविल बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.९ प्रतिशत नाफा कमाए। नाफा कमाउने अन्यको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा तल सीमित रह्यो।
गुमाउनेमा रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि देखिए। सो कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ। कन्काई विकास बैंक, हाम्रो विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि देखिए।