देवः विकास बैंकले युनियन फाइनान्स तथा साझा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार थालेको छ। नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले एक कार्यक्रमका बीच एकीकृत कारोबारको शुभारम्भ गरे।
देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले यस प्राप्तीपश्चात बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड पुग्ने र नपुग पुँजीका लागि ४० प्रतिशत हकप्रद तथा बोनस शेयर जारी गरिने बताए।
बैंकले कैलालीको धनगढी र कास्कीको पोखराबाट पनि एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ गरेको छ।
प्राप्ति पछि देवः विकास बैंकको निक्षेप १२ अर्ब ७८ करोड तथा कर्जा ११ अर्ब २८ करोड पुगेको छ। शाखा तथा सेवा केन्द्रको संख्या ४९ वटा पुगेको छ।
यसै गरी सहारा विकास बैंकसँग भएको समझदारी बमोजिम प्राप्तिको कार्य सम्पन्न भए पछि नेपालगञ्ज, कोहलपुर, वुटवल र विरगञ्जमा थप शाखा विस्तार गर्ने बैंकले जनाएको छ।