वित्तीय प्रणालीका महत्वपूर्ण दुई निकाय धितोपत्र बोर्ड र राष्ट्र बैंकबीच सूचना आदान प्रदान तथा पारस्परिक सहयोगसम्वन्धी सम्झौता भएको छ।
वित्तीय क्षेत्रका गतिविधिलाई पारदर्शी बनाउन उद्देश्यले अर्थ मन्त्रालयको रोहवरमा उक्त सम्झौता भएको बोर्डले जनाएको छ।
सर्वसाधारण लगानीकर्ताको हितको सुरक्षा सुनिश्चित गर्न वित्तीय क्षेत्रमा हुने गलत कार्यहरु बैंकिङ्ग कसूर तथा धितोपत्रको भित्री कारोवार लगायत अन्य विविध कसूरका कारण धितोपत्र बजारमा हुन सक्ने दुर्घटना रोक्न सम्झौता महत्वपूर्ण हुने बोर्डको दावी छ।