एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ।
बैंकले अंकित मूल्य १ हजारका दरले ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो। “एन आई सी एशिया ऋणपत्र २०८१/८२” नाम दिइएको यसको परिपक्व अवधि ७ वर्षको हुनेछ। ९ प्रतिशत वार्षिक ब्याजदरले हुन आउने लाभांश लगानीकर्ताले ६/६ महिनामा पाउने छन्।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा बैंकले नियुक्त गरेको छ। ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एनआईसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे।
तीन अर्ब बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रकमको व्यक्तिगत र २० प्रतिशत अर्थात ६० करोडको संस्थागतका लागि खुल्ला हुने बताइएको छ।
नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।