एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, चन्दननाथ नगरपालिका ५, जुम्ला र बर्दिबास नगरपालिका१, महोत्तरीमा् स्थापना गरेको छ ।
जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावलज् बाट जुम्ला शाखाको र महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्री बाट बर्दिबास शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको थियो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ बैंकका सुचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिए।