एनआईसी एसिया बैंकमा अनलाइनबाटै बचत खाता खोल्न पाइने भएको छ। बैंकले ल्याएको “एनआईसी एसिया अनलाइन बचत खाता” योजनामा ग्राहकहरुले घरबाटै खाता खोल्न सक्नेछन्।
देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। एक रुपैयाँ पनि जम्मा नगरी खोल्न सकिने यो योजनामा ग्राहकले घरमै खाता नम्बर पाउने छन्।
खाता खोल्नको लागि बैंकको वेबसाइटमा गएर दिइएको निर्दशनअनुसार फर्म भर्दै जानुपर्ने छ। बैंकले १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पिओएस मेशिन मार्फत् सेवा दिइरहेको छ।