सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंक बीच विप्रे्रषण सम्बन्धी सम्झौता भएको छ । सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रीका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रे्रषण प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेपालमा रहेको ६६ वटा शाखा र ४००० भन्दा बढी सहायक प्रतिनिधिहरुबाट भुक्तानी पाउन सकिने छ ।