ज्योति विकास बैंकले मकवानपुर जिल्लामा दुई शाखा संचालनमा ल्याएको छ। बैंकले हेटौंडा र बागमति गाउँपालिकाको फापरबारीमा दुई शाखा संचालनमा ल्याएको हो।
हेटौंडा शाखाको नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख, निर्देशक रबिन्द्र महर्जन तथा अर्को शाखाको बागमति गाउँपालिकाका प्रमुख सर्केस घलानले उद्घाटन गरे।
सो अवसरमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले आफ्नो सेवालाई शहरी तथा ग्रामीण भेगमा विस्तार गर्दै लगिने बताए। त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराएका थिए।
यी दुई शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ।
हाल बैंकका ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम काउन्टर पुगेका छन्। हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजीशन) पश्चात विकास बैंकको चुक्ता पुँजी २ अर्ब ३७ करोड पुगेको छ।