भारतमा कामको सिलसिलामा पुगेका नेपालीले भारतीय एक्सिस बैंकबाट पठाएको रकम अब लक्ष्मी बैंकबाट आफन्तजनले बुझ्न पाउने भएका छन्।
दुई बैंकबीच रकम स्थानान्तरण र प्रिपेड कार्ड प्रवर्धन सम्बन्धमा सम्झौता भएको छ। बैकका नायब प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र भारतस्थित एक्सिसका तर्फबाट अशोक गौतमले सम्झौतामा हस्ताक्षर गरे।
एक्सिस बैंकको चार हजार पाँच सय भन्दा बढी शाखा मार्फत पठाइएको रकम नेपालस्थित लक्ष्मी बैंकको जुनसुकै शाखाबाट नगद भुक्तानी लिने तथा खातामा सोझै रकमान्तर हुने भएको छ।
सो सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले आफ्नो संचित रकम सजिलै र सुरक्षित तरिकाले नेपाल पठाउन सक्नेछन्।
त्यसैगरी बैंकले जुनसुकै शाखाबाट प्रिपेड कार्ड मार्फत आफूले चाहेको १६ प्रकारका विदेशी मुद्रामा सटही गर्न सक्ने व्यवस्था मिलाएको छ।