सिडिएस एण्ड क्लियरिङले दुईभन्दा बढी डिम्याट खाता कायम राखेमा सम्पूर्ण खाताहरु रोक्का गरिदिने भएको छ।
कम्पनीले धितोपत्र लगानीकर्तालाई २ भन्दा बढी डिम्याट खाता भए बन्द गरी एउटा वा दुई वटासम्म मात्रै संचालन गर्न आग्रह गर्दै आएको छ।
कम्पनीले अबको ३५ दिनभित्र पनि सो व्यवस्था नमानेमा सबै खाता रोक्का गरिदिने चेतावनी दिएको छ।
लगानी व्यवस्थापन अनुसार डिम्याट खाता खोल्न सकिने प्रावधान रहे पनि साधारण व्यक्तिको हकमा बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहेको छ। कम्पनीले सम्पूर्ण धितोपत्रहरु अब उप्रान्त कायम रहने कुनै दुई वटा खातामा मात्रै हस्तान्तरण गर्न आग्रह गरेको छ।
अन्य खाता बन्द गराउन लाग्ने सेयर हस्तान्तरण शुल्क भदौसम्म निशुल्क गरिएकोमा केहीको दुईभन्दा बढी खाता भेटिएको कम्पनीले स्पष्ट पारेको छ।
कागजी धितोपत्रलाई कम्प्युटराइज्ड गर्नका लागि खोलिने खातालाई डिम्याट अर्थात अभौतिक खाता भनिन्छ। लगानीकर्ताले यसै खातामा विभिन्न कम्पनीका धितोपत्र जम्मा गर्दछन्। खरिद गर्दा यही खातामा धितोपत्र थपिन्छ भने बिक्री गर्दा घट्दछ। यही व्यवस्थाका कारण कागजी प्रमाणपत्रको प्रचलन प्रचलन हटेको छ।