सानिमा बैंक र भारतको एक्सिस बैंकबीच रेमिटयान्स सेवा सम्झौता भएको छ।
उक्त सम्झौताअन्तर्गत भारतको एक्सिस बैंकबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखा तथा सानिमा एक्स्प्रेसका सात हजार एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ।
भारतबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंक खातामा जम्मा गर्न सकिनेछ।
उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तीय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका हुन्।
आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरिबाट तथा एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिँदै आइरहेको छ।