एभरेष्ट बैंकले सेयर लगानीकर्तालाई ३३ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै सो बोनस तथा कर प्रयोजनका लागि १. ७४ प्रतिशत नगद लाभांश दिने जनाएको हो।
कम्पनीले गत आवमा १ अर्ब ९८ करोड खुद नाफा कमाएको थियो। यस आवको पहिलो त्रैमासमा बैंकले ५३ करोड १४ लाख कमाएको छ। ६ अर्ब ६७ करोडको जगेडा कोष छ। प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७६ पैसा छ।
यो बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड नाघ्नेछ। बिहीबार कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य बजारमा प्रतिकित्ता १ हजार ११६ रुपैयाँ रहेको छ।