जीवन बीमाको व्यवसायलाई फराकिलो पार्ने उद्देश्यका साथ रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आफ्नो सेवा सुरु गरेको छ।
यसअघि बीमा समितिबाट संचालनको स्वीकृत पाएका ९ कम्पनीमध्ये यो एक हो। कम्पनीले गत कात्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको थियो।
नेपालीहरुको आयस्तर बढेको र कूलग्राहस्थ उत्पादन पनि उच्च रहेकाले बिमा सेवालाई विस्तार गर्नु पर्ने कम्पनीका अध्यक्ष ताराचन्द केडियाले जानकारी दिए।
काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले सुरुवातबाटै ३ वटा जीवन विमा योजना संचालनमा ल्याउने जानकारी पनि गराएको छ।
कम्पनीमा १ सय १३ जना प्रवद्र्धक रहेका छन्। संस्थापकबाट १ अर्ब ४७ करोड चुक्ता पुँजी रहेको र निकट भविष्यमा सर्वसाधारणको लागि ६३ करोड रुपैयाँको सेयर जारी गर्ने योजना कम्पनीको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा प्रधान कार्यालय रहेको कम्पनीले नेपालभर शाखा संचालन गर्न ढिलाई नगर्ने प्रतिवद्धता पनि जनाएको छ।