एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस प्रदान गर्ने निर्णय गरेको छ।
बैंकको बोर्ड अफ डाइरेक्टर्सको बैंठकले बैंकको चुक्ता पूँजी ८ अर्बभन्दा बढि पुर्याउनको लागि बोर्डले ३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हो । ३३ प्रतिशत बोनस सेयर दिने निर्णय नेपाल राष्ट्र बैंक तथा आउँदो वार्षिक साधारण सभाबाट अनुमोदनपछि लागू हुने बैंकले जनाएको छ।
एभरेष्ट बैंक संस्थागत सामाजिक उत्तरदायित्व प्रति सँधै सजग हुँदै आएको छ । हालै बैंकको आफ्नो २३ औं स्थापना दिवसमा देशैभरीका सबै शाखाहरुमा संस्थागत सामाजिक उत्तरदायित्व दिवसको रुपमा मनाईएको थियो ।
हाल, बैंकले व्यवसायीक तथा ससक्त बैंकिङ्ग सेवा आफ्ना देशभरका ६४ वटा शाखा संजाल, २ वटा बिस्तारीत काउन्टर, २८ वटा राजस्व संकलन काउन्टरहरु, ९४ वटा एटिएम तथा विश्वभरका कयौं प्रतिनिधिहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्दै आएको छ । बैंकले छिटै आफ्ना १६ वटा नयाँ शाखाहरु र ५ वटा बिस्तारीत काउन्टरहरु खोल्दैछ ।