सेयर बजारको परिसूचक १३ अंकले घटेको छ। आइतबारको कारोबारपछि परिसूचक १४७५ अंकमा रहेको छ। १५६ कम्पनीको ४५ करोड ५२ लाखको कारोबार भएको छ।
बजारको पुँजीकरण १७ खर्ब १३ अर्ब १९ करोडमा झरेको छ। जुन अघिल्लो दिन १७ खर्ब २८ अर्ब थियो। यस दिन उत्पादनबाहेकका सबै उपसूचक ओर्लिएका छन्।
सो उपसूचक ६ अंकले बढेको छ। बैंकिङ ७, होटल ८५, विकास बैंक १७, जलविद्युत १०, फाइनान्स ५, बिमा १३४, अन्य ७ र उत्पादन उपसूचक २४ अंकले घटेका छन्।
कारोबारका आधारमा यस दिन एभरेष्ट बैंक अग्रस्थानमा रह्यो। उसको ७ करोड ६६ लाखको कारोबार हुँदा मूल्य बढेर ११४८ कायम भएको छ। जुन अघिल्लो दिनभन्दा ३२ रुपैयाँ बढी हो।
बैंकले ३३ प्रतिशत बोनस दिने भएपछि लगानीकर्ताहरु आकर्षित भएका हुन्। सोल्टी होटल, स्टान्डर्ड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अगाडि रहे। नाफाका आधारमा ग्रिन डेभलपमेन्ट बैंक तथा मल्टिपर्पोज फाइनान्सका लगानीकर्ता अगाडि रहे।
तिनीहरुको मूल्य ३ प्रतिशत बढीले बढेको छ। नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशत गुमाए। यसैबीच गरिमा विकास बैंकले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको सूचना सार्वजनिक गरेको छ।