नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुको कामलाई कँसिलो बनाएको छ।
आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्न तथा आफुले निष्काशन तथा विक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा प्रत्याभूति नगराउन निर्देशन दिएको छ।
आफु आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्न मर्चेन्ट बैंकहरुलाई रोक लगाइएको छ।
स्वार्थ बाझिन सक्ने अवस्थालाई मध्यनजर गर्दै मर्चेन्ट बैंकिङ व्यवसायका लागि गरिएको यो व्यवस्थाले धितोपत्र बजारलाई पारदर्शी बनाउने बोर्डको विश्वास छ।