ज्योति विकास बैंकले सोमबारदेखि काठमाडौंको तारकेश्वर नगरपालिका नेपालटारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।
उक्त शाखा कार्यालयको नगरपालिका मेयर रामेश्वर बोहरा र विकास बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे।
गत साता मात्रै बैंकले मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको फापरबारी, हेटौंडा र महोत्तरी जिल्लाको रामगोपालपुरमा नयाँ शाखा संचालनमा ल्याएको थियो।
वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र सामाजिक उत्तरदायित्व तथा सेवा भाव समेतलाई जोड दिइने कम्पनीको दावी छ।
यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम काउन्टरहरु संचालनमा छन्। हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ।