विदेशबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ? नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राकाे सार्वजनिक गरेकाे सटहीदरअनुसार बुधवार अमेरिकी डलरको खरिददर १०३ रुपैयाँ ५२ पैसा र बिक्रिदर १०४ रुपैयाँ १२ पैसा रहेको छ।
युरो खरिद मूल्य १२१ रुपैयाँ ४१ पैसा, बिक्रि मूल्य १२२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १३७ रुपैयाँ ०२ पैसा र बिक्री मूल्य १३७ रुपैयाँ ८२ पैसा कायम भएको छ।
साउदी रियालको खरिद मूल्य २७ रुपैयाँ ६० पैसा र बिक्रि मूल्य २७ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियालको खरिद मूल्य २८ रुपैयाँ ४३ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ६० पैसा कायम छ।
त्यस्तै युएइ दिरामको खरिद मूल्य २८ रुपैयाँ १९ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ३५ पैसा रहेको छ।
त्यसैगरि मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २५ रुपैयाँ ०१ पैसा र बिक्रि मूल्य २५ रुपैयाँ १५ पैसा तोकिएको छ। बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्नसक्ने राष्ट्र बैंकले जनाएको छ।