सिटिजन्स बैंक इन्टरनेसनलले अष्ट्रेलियन डलरको कारोबार थालेको छ।
बैंकले स्टेट बैंक अफ इन्डिया, सिड्नीमा अष्ट्रेलियन डलर खाता खोली कारोबार थालेको हो। सानिमा बैंकमा खाता हुने ग्राहकले अब अष्ट्रेलियाबाट डलर सटही गर्न पाउने छन्।
यसबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलियास्थित नेपालीहरुलाई पनि विश्वसनीय बैङ्किग कारोबार गर्न सहज हुने बैंकले जनाएको छ।
भविष्यमा बैंकले यस किसिमका सुबिधाहरु आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।