एनएमबि बैंकले भिसा प्लाटिनम क्रेडिट कार्डको सुरुवात गरेको छ।
यो कार्डमार्फत ५० लाखसम्मको यात्रा दुर्घटना बीमा समेत गर्न सकिने बैंकले जनाएको छ। साढे २ लाखदेखि १० लाखसम्मको क्रेडिट सुविधा रहेको छ।
प्रमुख व्यापारिक केन्द्रहरुमा खरीद गर्दा विशेष छुटको व्यवस्था रहेको दावी गर्दै बैंकले छोटो अवधिको सहज कर्जा सुविधा समेत रहेको जनाएको छ।
यस्तो कार्डमा ईएमभी चिप प्रविधि जडान गरिएको छ। जुन कार्ड विश्वव्यापी रुपमा स्वीकार्य हुनुका साथै सुरक्षित छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दैनिक कारोबारका लागि डिजिटल भुक्तानी अत्यन्तै सहज भएको बताउँदै अब बैंकको क्रेडिट कार्ड झनै सुरक्षित बनेको बताए।
इण्डिया र दक्षिण एशियाका भिसा ग्रुप कन्ट्रि म्यानेजर टिआर रामाचन्द्रनले विद्युतीय भुक्तानी प्रक्रियामा भएको विस्तार र इकमर्स उद्योगको बढ्दो प्रयोगसँगै नेपाल नयाँ युगको बैंकिङ्ग प्रणालीतर्फ अघि बढेको बताए।