विदेशी मुद्राको विनिमय दर दैनिक परिर्वतन हुन्छ। विदेशबाट पैसा पठाउदा मुद्राको दरको बारेमा जानकारी भए आफुले पठाएको पैसा कति हुन्छ भन्ने अन्यौल रहदैन।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरअनुसार बुधवार अमेरिकी डलरको खरिददर १०२ रुपैयाँ ७६ पैसा र बिक्रिदर १०३ रुपैयाँ ३६ पैसा रहेको छ।
युरोको खरिद मूल्य १२२ रुपैयाँ १४ पैसा, बिक्रि मूल्य १२२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १३६ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ।
साउदी रियालको खरिद मूल्य २७ रुपैयाँ ४० पैसा र बिक्रि मूल्य २७ रुपैयाँ ५६ पैसा रहेको छ भने कतारी रियालको खरिद मूल्य २८ रुपैयाँ २३ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ३९ पैसा कायम छ।
त्यस्तै युएइ दिरामको खरिद मूल्य २७ रुपैयाँ ९८ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ १४ पैसा रहेको छ।
त्यसैगरि मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २५ रुपैयाँ ०५ पैसा र बिक्रि मूल्य २५ रुपैयाँ १९ पैसा तोकिएको छ।
बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्नसक्ने राष्ट्र बैंकले जनाएको छ।