ग्लोबल आइएमइ बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ ।
बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यस अघि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
लण्डनबाट एमविए गरेका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालिसकेका छन्।
उनले सन् १९८७ मा इन्ट्रि लेभल मार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गरका थिऐ । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उनी तात्कालिन एनआइसी बैंक गएका थिए।
एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच वर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मी बैंकमा गएका थिए।
लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए ।
लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उनीसँग रहेको छ । उनले त्यहाँ साढे चार बर्ष काम गरेको अनुभव सँगाले । त्यसपछि उनले तात्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरे ।
तात्कालिन ग्लोबल बैंककोको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै उनी ग्लोबल आइएमई बैंक को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका हुन् ।