ग्लोबल आइएमई बैंकले बैतडी र बझाङ जिल्लामा दुई शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।
बैतडीको पाटन नगरपालिका ठाटामा ५१ औ तथा बझाङ्गको बित्थडचौरमा ५२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु भएको बैंकले जनाएको छ।
बैंकका अनुसार ठाटामा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुन बहादुर कुवँरलाई र बित्थडचौरमा नर बहादुर बोहरालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ।
गत असोज मसान्तसम्म १ खर्व ४ अर्व निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको बैंकका १०८ वटा शाखा संचालनमा छन्।
बैंकका १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५२ शाखा रहित सेवा पुगेका छन्।