माछापुच्छ्रे बैंकको १९ अाैं वार्षिक साधारण सभाले लाभांश स्वीकृत गरेको छ।
पोखराको होटल ग्राण्डमा अध्यक्ष रोशन केसीको सभापतित्वमा सम्पन्न सभाले प्रस्तावित लाभांश स्वीकृत गरेको हो। बैंकले शेयरधनीहरुलाई हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गनेृछ।
साथै आर्थिक बर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन पारित भएको छ। सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ।
हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रहेकोमा बोनस सेयर वितरणपछि ८ अर्व ५ करोड पुग्नेछ।
बैंकले सोही अवसरमा नयाँ बजार, पोखरास्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ।
चालु आवको पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ। सो अवधिसम्म ६० अर्ब ३० करोड निक्षेप परिचालन गरी ५४ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ।
बैंकका ६२ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर तथा ८४ एटीएमहरु संचालनमा छन्।