लक्ष्मी बैंकले नयाँ बचत खाता योजना लक्षित मुद्दती योजना अघि सारेको छ।
लक्षित मुद्दती, नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा नयाँ योजना ल्याइएको बैंकले जनाएको छ।
यो खातामा ग्राहकहरुले मासिक न्यूनतम ५०० वा सो भन्दा बढि जम्मा गर्न सक्नुहुने छ ।
ग्राहकले जम्मागर्ने रकम सुनिश्चित गरिसके पछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दतीखातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।
साथै लक्षित मुद्दती खाता खोल्नुहुने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्त गर्न सक्नुहुने छ । सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले “लक्षित मुद्दती” को प्रारम्भीक योजना अन्र्तगत वार्षिक ९ प्रतिशत सम्म व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ।