गएराति लागेको आगोका कारण प्राविधिक समस्या आएपछि सेयर कारोबार ढिला सुरु भएको छ।
११ बजे कारोबार सुरु हुनुपर्नेमा १२ः५५ मा सुरु भएको हो।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार ढिला कारोबार सुरु भएकाले बन्द हुने समय थपिएको छ।
विद्युत सर्ट भएर नेप्से कार्यालयको पहिलो तल्लाको कोठामा क्षति पुगेको थियो। जसले गर्दा आज कारोबार सुरुआत हुने बेलामा सर्भर संचालनमा आउन नसकेपछि कारोबार ढिला हुन गएको हो।
आगलागीबाट अन्य कुनै पनि महत्वपूर्ण कागज पत्रमा क्षति नपुगेको नेप्सेले जनाएको छ।