लक्ष्मी बैंकको साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ। योसँगै बैंकले बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड पुगेको छ।
सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश, संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृत गरेको छ।
गत आवमा ५९ अर्ब ३२ करोड निक्षेप तथा ५२ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको लक्ष्मीको वासलातको आकार ७० अर्ब छ।
गत आवमा बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफा आर्जन गरेको छ। सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आफ्ना शाखा तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ।
लक्ष्मी बैंक एक हरित कम्पनीहो र यसले इन्टरनेट, कार्ड तथामोवाइलफोन जस्ता प्रविधिकामाध्यमको उच्चतमप्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवाप्रदानगर्न सक्षमभएको छ ।
बैंकका सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट, दोस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था संचालनमा छन्।