सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “स्ट्रक्चर्ड फिक्स डिपोजिट” योजना संचालनमा ल्याएको छ।
व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने जनाएको छ।
देशभर रहेका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध बैंकले जानकारी दिएको छ।